ब्राइट भिजन ल कलेजमा ‘नमूना अदालत’ प्रतियोगिता

Logo
Nav Nepal बुधबार, साउन १५, २०८२

विराटनगर १४ साउन । ब्राइट भिजन ल कलेज विराटनगरमा नमूना अदालत (मुट कोर्ट) प्रतियोगिता गरिएको छ ।
कोशी प्रदेशमा पहिलो पटक ब्राइट भिजन कलेजले आयोजना गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । आईतबारदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली प्रथम भएको छ । उच्च अदालत विराटनगरका न्यायाधिश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र बरिष्ठ अधिवक्ता शन्तिराम भण्डारीले विजेता, उपविजेता र तेश्रो हुने समूहको घोषणा गर्नु भएको थियो ।
प्रतियोगितामा रञ्जना घिमिरे, कृतिका ढकाल,अनुशा आचार्य र अमृता कटुवालको समूह दोश्रो भएको थियो । अविशा निरौला, आयुशा राई, प्रश्रित ढकाल र प्रविण सापकोटा तेश्रो भएका थिए ।


विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि आवस्यक भएकाले मुट कोर्ट प्रतियोगिता आयोजना गरिएको कलेजका प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । प्रतियोगितामा विद्यार्थीहरुले काल्पनिक मुद्दामाथि बहस गरेको उहाँले बताउनुभयो ।
मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्ने कलेजका प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुशार मुटकोर्ट प्रतियोगितामा भाग लिँदा विद्यार्थीहरूको लिखित तथा मौखिक वकालत सीप विकसित हुन्छ ।
मुटकोर्टमा न्यायाधीशको भूमिकामा जिल्ला अदालत, उच्च अदालतका न्यायाधिश तथा बरिष्ठ अधिवक्ताहरु रहनु भएको थियो ।
फाईनल प्रतियोगिताका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश राजनप्रसाद भट्टराईले नमूना अदालत भएपनि इजलास जस्तै भएको आफुले अनुभूति गरेको बताउनुभयो । उहाँले प्रतिष्पर्धीहरु स्थापित कानुन व्यवसायी जस्तै आफुले पाएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको तर्क, क्षमता र अनुसन्धानको विकास हुने मुख्य न्यायाधिश भट्टराईले बताउनुभयो ।
कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको मुटकोर्ट ऐतिहासिक भएको विद्यार्थी नारायण चौलागाईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077