वर्तमान सरकार विस २०८४ सम्म रहने– नेकां नेता डा कोइराला

Logo
Nav Nepal बुधबार, साउन १५, २०८२

 

विराटनगर,१४ साउन ः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव दिनु भयो ।
नेकां केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रकिया भए अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो ।
नेता कोइरालाले भन्नु भयो ,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।’
उहाँले नेपालको संविधानले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्न् भयो ।
गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमती कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एक प्रश्नको जवाफमा नेता डा कोइरालाले नेकांमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
एक फरक प्रसङगमा उहाँले नेकांको महाधिवेशन तोकिएको समय विस २०८२ मा हुने विचार राख्नुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077