पूर्वाञ्चल विश्वविद्यालयका रिक्त तीनबटा सङ्कायमा डीन नियुक्त

Logo
Nav Nepal आइतबार, साउन १९, २०८२

मोरङ, १८ साउन ः पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन बटा सङ्कायमा डीनको नियुक्त आज गरिएको छ।
कला, शिक्षा, कानून संकायको डीनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमल प्रसाद दुलाल नियुक्त हुनु भएको छ ।
त्यसैगरी विज्ञान तथा प्रविधि सङ्कायको डीनमा प्रा डा पवन कुमार झा र ईञ्जिनियरिङ सङ्कायको डीनमा प्रा डा भोला नाथ शर्मा घिमिरे नियुक्त हुनु भएको छ । नवनियक्त तीनै जना डीनले आज पदभार ग्रहण गर्नु भएका छन् ।
झा पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुनुहुन्छ ।
यस्तै घिमिरे त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पुल्चोक ईञ्जिरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुनुहुन्छ ।
उपकुलपति प्रा डा बिजुकुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नव नियुक्त डीनहरुको कार्यकाल सफलताको कामना गर्दै उहाँहरुको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नव नियुक्त डीन डा दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
डीनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077