विराटनगर, १३ चैत ः नेपाल विजनेश कलेजका विद्यार्थीले विराटेश्वर बृद्धाश्रमको को सहयोगका लागि सांगितिक च्यारीटी शो गर्ने भएका छन् ।
कलेजमा अध्ययनरत वीवीए सातौं सेमेष्टरका विद्यार्थीले आगामी चैत २७ गते विराटनगरको जैन भवनमा आयोजना गरिने सांगितिक शोमा एमटी ८४ ब्याण्डको प्रस्तुती का सम्बन्धमा कलेजमा आज पत्रकार सम्मेलन सो जानकारी दिएको हो ।
ब्याण्डका कलाकार सहितको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा वीवीए सातौं सेमेष्टरका विद्यार्थीहरुको प्रोजेक्ट वर्क अन्तरगत कार्यक्रम आयोजना गर्न लागेको कलेजले जनाएको छ ।
विद्यार्थीले सर्भे गरि ब्याण्डको टुङ्गो लगाएको कलेजकी निर्देशक पिंकी शर्माले जानकारी दिदै विद्यार्थीले गरेको सर्भेको आधारमा सवैभन्दा बढी रुचाईएको ब्याण्डमा एमटी ८४ रहेको थियो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन, प्रायोजक विद्यार्थी आफैले खोजेको निर्देशक शर्माले बताउनुभयो ।
च्यारेटी शो आयोजनाबाट वचत भएको रकम बृद्धाश्रमलाई एक समारोह बीच हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
यसअघि कलेजका वीवीए सातौं सेमेष्टरका विद्यार्थीले दुई संस्करणको च्यारीटी शो आयोजना गरिसकेका छन् ।
सन २०१४ मा लिंकन विश्वविद्यालय मलेसियाबाट सम्बन्ध पाएको कलेजले वीवीए, एमवीए, वीएचएम तथा विआईटिको पठन पाठन गराउँदै आएको कलेजका निर्देशक दीपक कोइरालाले जानकारी दिनुभयो ।
हाल कलेजमा ३३८ विद्यार्थी अध्ययनरत रहेका छन् ।–––