‘ज्येष्ठ नागरिकको अनुभव अनुशरणले मुलुकले समृद्धि प्राप्त गर्ने’

Logo
Nav Nepal सोमबार, जेठ ०४, २०८३

विराटनगर,४ जेठ ः ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा पुस्तासम्म पु¥याउन सकिएमा त्यो अमूल्य सम्पदा सदाका लागि जीवित हुने सहभागीहरुले बताउनु भएको छ।
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय काठमाण्डौँ र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ज्येष्ठ नागरिकका ज्ञान,शिप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण सम्वन्धी प्रदेशस्तरीय कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले आफ्नो जीवनका अनुभव, संघर्ष र सफलताबाट युवाहरूलाई कृषि, हस्तकला, व्यापार तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने विचार व्यक्त गरेका छन् ।


प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जेष्ठ नागरिक र युवापुस्तावीच समुदाधुर सम्वन्धमा विकास गर्न तथा उनीहरुको सीप ज्ञानलाई उपयोग गरि मुलुकको समृद्धि ल्याउनका राज्यलाई आवश्यक सुझाव दिन आग्रह गर्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले युवाहरुमा संस्कार ,अनुशासित र परिश्रमि बनाउन ज्येष्ठ नागरिक अनुभव र सिप हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय की उप सचिव निर्मला कार्कीले जेष्ठ नागरिक अमूल्य खानी भएकाले उनीहरुलाई सधै सम्मान गर्न युवापुस्तालाई आग्रह गर्नुभयो ।


जेष्ठ नागरिक महासंघ प्रदेशका अध्यक्ष मणि अर्याल, सामाजिक मन्त्रालयकी सहायक सचिव दुर्गा बराल लगायतले ज्येष्ठ नागरिकहरूको सीप र ज्ञानलाई औपचारिक शिक्षा प्रणालीसँग जोड्नु पर्ने सुझाव दिनुभयो ।
ज्येष्ठ नागरिक महासंघका प्रतिनिधि, विभिन्न संघसंस्थामा आवद्ध ज्येष्ठ नागरिकहरु, विभिन्न विद्यालयका विद्यालयका विद्यार्थीहरु, संघीय मन्त्रालय र प्रदेश मन्त्रालयका प्रतिनिधि, विराटनगर महानगरपालिका लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077