विराटनगर, १४ जेठ ः कोशी प्रदेश सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोषलाई ४ वर्षका लागि नियुक्त गर्नु भएको छ।
प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८३ समेत)को दफा ११ को उपदफा १ बमोजिम जेठ १३ गतेको निर्णय अनुसार घोषलाई चार वर्षको लागि बोर्डको सदस्य सचिवमा पदमा नियुक्त गरिएको छ।
सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा घोष लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ।
नवनियुक्त सदस्य सचिव घोषले प्रदेशको खेलकुद क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ।–––