प्रदेश खेलकुद बोर्डद्वारा नगद सहित एक सय खेलाडी सम्मानित

Logo
Nav Nepal बुधबार, आषाढ २४, २०८३

विराटनगर,२४ असार ः कोशी प्रदेश खेलकुद विकास बोर्ड आज राष्ट्रिय तथा अन्तर्राष्टि प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा वढी खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारहरूलाई सम्मान गरेको छ।
बोर्डद्वारा आर्थिक वर्ष २०८२ ः ८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकप्राप्त गर्ने प्रदेशका खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रममा पदक विजेता प्रदेशका खेलाडीहरू, अग्रज खेलकर्मीहरू र खेलकुद पत्रकारहरू लाई नगद सहित सम्मान गरिएको छ।


कार्यक्रममा बोर्डले श्रीलंकामा सम्पन्न एसबिआई प्रथम पहिलो दृष्टिबिहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई नगद रु एक ःएक लाख सहित सम्मान गरेको छ ।
यसैगरी संयुक्त अरव इमरेट्सको दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्स अन्तर्गतको टेबलटेनिसको यु–२३ सिंगल्स( क्लास ७) प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई नगद रु ५० हजार सहित सम्मान गरिएको छ।
यस्तै विभिन्न विधाको प्रतियोगितामा प्रदक प्राप्त गर्ने खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई नगद सहित सम्मान गरिएको छ। कार्यक्रममा पाँच खेलकुद पत्रकारलाई समेत सम्मान सम्मान गरिएको छ।
बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्त राज अर्याल, सदस्य सचिव घोषलगायतले सम्मानपत्रद्वारा सम्मान गर्नु भएको छ।


सो अवसरमा मन्त्री रामप्रसाद मेहताले देशको अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको नाम चिनाउने खेलाडीलाई सम्मान गर्दा गर्व लागेको बताउनु भयो ।
उहाँले गुणस्तरीय प्रशिक्षण र खेल पूर्वाधार निर्माणमा सरकार जोड दिने प्रतिवद्धता व्यक्त गर्दै सरकार खेलाडीहरूको वृत्तिविकास, खेल पूर्वाधारको स्तरोन्नति र प्रतियोगिताहरूको नियमित आयोजनाका लागि नीतिगत र बजेटको व्यवस्था गर्ने बताउनु भयो ।
बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल र सदस्य सचिव विप्लव घोषले प्रदेशका खेलाडीहरुले खेलप्रति ध्यान दिई उत्कृष्ट नजिता ल्याउन आग्रह गर्नु भयो ।–––

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077