न्यू सृष्टि दैनिकमा प्रकासित सृजना सर्वोत्कृष्ट

Logo
Nav Nepal बुधबार, मंसिर ०३, २०८३

बिराटनगर । पत्रकार÷साहित्यकार शंकर खरेलले न्यू सृष्टि दैनिकमा नियमित लेखेर सङ्ग्रहका रुपमा प्रकाशित ‘नरिसाउनुस् है’ पुस्तकले प्रभुभक्त छोरी नानी वर्ष पुस्तक पुरस्कार ०८२ पाएको छ ।

विराटनगरमा नारी स्रष्टा समाजले मंगलबार आयोजित कार्यक्रममा ‘नरिसाउनुस् है’ पुस्तक पुरस्कृत भएको हो ।
काठमाडौंका स्रष्टा बिक्रमभक्त जोशी र बिन्जु जोशी संस्थापक रहेको वर्ष पुस्तक सम्मानका साथ रु ११ हजार राशि थियो ।
साहित्यकार विवश पोखरेल, गंगा सुबेदी, डा. देवी पन्थी, समाजकी अध्यक्ष ममता मृदुल, पुरस्कार संस्थापक जोशीले खरेललाई पुरस्कृत गरे ।
यसपटक १० मा छनोट भएका कृतिमा सानु साथी ईश्वरमणि अधिकारी, जीवनकथा अग्रजका केशु विरही, धुवाँको रङ चुडामणि नेपाल ‘अकिञ्चन’
साङ्लो रमेन्द्र कोइराला, कहर वृत्त रासा, शालु ललिता दोषी, भोगाइ लोचन रिजाल, गीता मन्थन विश्वराज अधिकारी, जिन्दगी’का सय टुक्रा शिव त्रिपाठी छन् । नरिसाउनुस् है ०८२ साल माघमा प्रकाशित भएको हो । ‘नरिसाउनुस् है’ १५ वर्षदेखि न्यू सृष्टि दैनिकमा प्रकाशित स्तम्भका लोकप्रिय आलेख समावेश छन् जुन १२० भन्दा बढी आलेख समसामयिक विषयमा आधारित छन् ।

यस्तै अन्य स्रष्टामा मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कारबाट विधान आचार्य, कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कारबाट हेमन्ती जोशी, पारस काफ्ले स्रष्टा सम्मान तथा पुरस्कारबाट लोचन रिजाल एवं कालीगङ्ग बाल स्रष्टा सम्मान तथा पुरस्कारबाट सफलता फुयललाई सम्मानित एवं पुरस्कृत गरिएको थियो ।
यस्तै साहित्यकार रामचन्द्र महतो कुशवाहा, गोपाल प्रयास श्रेष्ठ, गोपाल निर्भीक, स्वयम्भुनाथ कार्की, शरद प्रधानाङ्ग, करूणा जोशी, मञ्जु घिमिरे दाहाल, हीरा खड्का अधिकारी, तिला लेकाली, कविता केशरी र शारदा भट्टराईलाई प्रशस्ती पत्रबाट सम्मानित गरिएको थियो ।

वि.सं. २०७६ सालमा स्थापना गरिएको समाजले आफ्नो स्थापना दिवसको दिन पारेर प्रत्येक वर्ष मंसिर १ गते साहित्यमा सक्रिय स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ । —

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077