कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

Logo
Nav Nepal सोमबार, आषाढ २९, २०८३

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त भएका छन् ।

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँलाई अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराईलाई नियुक्त गरेकाे छ । प्रेस रजिस्ट्रार सिफारिस समितिकाे सिफारिसका आधारमा भट्टराई नियुक्त भएका हुन । रजिस्ट्रार पदका लागि ९ जनाले आवेदन दिएका मध्ये ७ जना अन्तरबार्तामा सहभागी भएका थिए । अन्तरवार्तामा भट्टराई सहित गाेपाल काफ्ले , देवेन्द्र कार्की , बन्धु पाेखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बाँस्तोला र प्रभासचन्द्र झा सहभागी भएका थिए ।

मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरि प्रतिष्ठानलाई पूर्णता दिएकाे छ । सदस्यहरूमा शान्ति दाहाल (माेरङ), ध्रुव ढकाल ( सुनसरी ), रमेशचन्द्र अधिकारी (धनकुटा ), अर्जुन राजवंशी र विष्णुप्रसाद पाेखरेल (झापा ), माला पालुङ्वा (ताप्लेजुङ ), रेणु पराजुली  ( उदयपुर ) छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्राालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ काेशी प्रदेश अध्यक्ष पदेन गरि ११ सदस्य हुने व्यवस्था छ ।

प्रतिष्ठानले मुख्यगरि काेशी प्रदेशमा सञ्चालन हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमकाे दर्ता , नविकरण, अनुगमन तथा अभिलेखिकरण, सञ्चार माध्यमकाे विकास र प्रवर्द्धन तथा काेशी प्रदेशका पत्रकार र प्रदेश भित्रका सञ्चार माध्यमका रहेका जनशक्तिकाे हित बृद्दी गर्ने काम गर्ने ऐनमा ब्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077