नेकां नेता तवदार – क्षेत्रीय अधिवेशनबारे पत्रकार भेटघाट

Logo
Nav Nepal शनिबार, आश्विन १०, २०८३
विराटनगर, १० असोज । नेपाली कांग्रेसका नेता एवं मोरड० क्षेत्रीय नं ६ नं का सभापतिका उम्मेदवार चुमनारायण तवदारले पार्टीलाई सुदृढीकरण गर्न आफुले उम्मेदवार दिने बताउनु भयो ।
विराटनगरमा आज स्थानीय नेता तथा प्रतिनिधिहरूको उपस्थितिमा ‘वर्तमान राजनीति र क्षेत्रीय अधिवेशन’ विषयमा आज पत्रकार भेटघाट कार्यक्रम उहाँले सो कृरा बताउनु भएको हो ।
उहाँले पार्टीलाई चुस्त, दुरुस्त र सुदृढ बनाउँदै सबै पक्ष, गुट तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
क्षेत्रीय अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै संगठनलाई तल्लो तहसम्म बलियो बनाउनुपर्ने धारणा उहाँले राख्नु भयो ।
नेता तवदारले पार्टीभित्र आर्थिक तथा सांगठनिक पारदर्शिता कायम गर्दै एकताबद्ध भएर अघि बढ्ने तथा युवा र निष्ठावान कार्यकर्तालाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिनु भएको थियो ।
आगामी दिनमा पार्टीका गतिविधि तथा क्षेत्रीय अधिवेशनका क्रममा सञ्चारकर्मीसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता  उहाँले व्यक्त गर्नुृ भयो ।
नेपाली कांग्रेस विराटनगर–४ का वडा सभापति अर्जुन चुडाल र पुर्व वडा सभापति राजकुमार तवदार लगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077