प्रदेश प्रमुख परशुराम खापुङ -अख्तियारको ३६औँ वार्षिक प्रतिवेदन हस्तान्तरण

Logo
Nav Nepal बुधबार, आश्विन २१, २०८३

विराटनगर, २१ असोज ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३६ औँ अर्थात आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन आज यहाँ एक समारोहकाबीच हस्तान्तरण भयो ।
सो प्रतिवेदन आयोगको तर्फबाट कोशी प्रदेशका अख्तियर दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख यज्ञ पुरीले हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निवारण हुनु पर्ने बताउनुभयो ।
उहाँले विकास र समृद्धिका बाधकको रुपमा रहेको भ्रष्टाचारलाई निर्मूल पार्न सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने भन्दै भ्रष्टाचार निवारण एवं नियन्त्रणमा आयोगको काम र कर्तव्य प्रशंसनीय छ भत्रुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगले प्रतिवेदन मार्फत दिएको सुझावलाई राज्यले गम्भीरतापूर्वक ग्रहण गर्नु पर्ने धारणा राख्नुभयो ।
आयोगका इटहरी कार्यालयका प्रमुख पुरीले सार्वजनिक पद धारण गर्ने व्यक्तिले भ्रष्टाचार गरे वा आचरण विपरीत कार्य गरेमा आयोगले कानुन कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले पछिल्लो समयमा भ्रष्टाचारको स्वरुप पनि बदलिँदै गएको प्रसङ्ग उल्लेख गर्दै आयोगले भ्रष्टाचारका विषयमा प्रभावकारी, विश्वसनीय एवं प्रविधियुक्त छानबिन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले आयोगले संस्थागत सुदृढीकरण सहित आवश्यक रणनीति बनाई काम गरिहेको बताउँदै भ्रष्टाचार निवारणमा सामूहिक प्रयासको आवश्यकता औँल्याउनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077