विराटनगर,२ चैत । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश  प्रवेश गरेका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा  आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा नौ विकेट गुमाई १६३ रन बनाएको थियो ।
जवाफमा १६४ रनको लक्ष्य पाएको आर्मीका वसिर अहमदको अर्ध सतकले १९ दशमलव १ बलमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरि अविजित ५० रनमा बनाउँदा तृतराज दासले ३८  रन र सन्तोष कार्कीले ३१ रन बनाएका थिए ।
  यस्तै दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई बलमा सवै विकेट गुमाई १५१ रन बनाएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा एक छक्का र १० चौका प्रहार गरि ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रन बनाएका थिए ।
कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले चार ओभरमा ३१ रन दिएर चार विकेट लिँदा प्रकाश जैसीले ३ विकेट  दिवान पुनले दुई विकेट लिए ।
  जवाफमा १५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव पाँच बलमा पाँच विकेटको क्षतिमा  सो विजयी लक्ष्य प्राप्त गरेको छ ।
कर्णालीका अर्जुन घर्तीले २७ बलमा एक छक्का र पाँच चौका प्रहार गरि अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले  २० बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३६ रन बनाएका थिए ।
घर्ती र अधिकारीले छैटो विकेटका लागि ४२ बलमा अविजित ७४ रनको साझेदारी गरेका थिए ।  यस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका विर मगर, निर्मल गुरुङ, देव खनाल ,नर सार्की र कृष्ण कार्कीले समान एक÷एक  विकेट लिए ।
  फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनु भयो ।–––