विराट गोल्डकप–विभागीय टोली एपिएफले लिग विजेता चर्च व्याइजलाई पराजित गरि  सेमिफाइनलमा प्रवेश  

Logo
Nav Nepal मंगलबार, चैत्र २०, २०८०
विराटनगर,१९ चैत ः विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा  रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठांँे संस्करणको आइतबार राति भएको खेलमा   विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाईज युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।
एपिएफले चर्च व्याइज युनाइटेडलाई २–०  ले पराजित गरेको छ।
  एपिएफका लागि    जर्सी नं ७ का  प्रदिप लामा  र जर्सी नं ११ का अनिष महर्जनले एक÷एक गोल गरेका थिए ।
मध्यान्तर पछि  ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भएका छन् ।
एपिएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भै नगद रु ११ हजार प्राप्त गरेका छन् ।
मङगलबार मछिन्द्र फुटवल क्लव काठमाण्डौ र भारतको कोलकातास्थित साउर्थन समिति फुटवल क्लव वीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ । .
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077