एमाले र माओवादी केन्द्रद्वारा सयुक्त रुपमा इमालमा सुहाङ्गलाई विजयी गराउन अपील

Logo
Nav Nepal बुधबार, चैत्र २८, २०८०
विराटनगर,२८ चैत ःनेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीले आगामी बैशाख १५ गते इलाम क्षेत्र नं २ मा  हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङग नेम्वाङ्गलाई विजयी गराउन सबैसँग आग्रह गरिएको छ।
एमाले र माओवादी प्रदेश कमिटीद्वारा आज यहाँ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले केन्द्रमा भएको सहमतीलाई  अगाडि वढाउँदै जनतामा वढदै गएको निरासालाई चिर्न उप निर्वाचन कासेढुङ्गा सावित हुने बताउनु भयो ।
उहाँले उप निर्वाचन मार्फत वामपन्थी शक्ति बीचको सहकार्य र भविष्यमा सुदृढ कम्यूनिष्ट पार्टी एकताको आयामको रुपमा यसको आधार तयार हुने विश्वास व्यक्त्त गर्नु भयो ।
माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङले जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गरी सूर्य चिन्ह उम्मेदवार नेम्वाङ्गको पक्षमा मतदान गर्न सार्वजनिक अपील गर्ने बताउनु भयो ।
उहाँले एमाले र माओवादी केन्द्रको आम कार्यकता र शुभेच्छुक मतदातलाई एकीकृत भई चुनावी अभियानका साथसाथ लाग्नुका साथै मतदानमा सहभागी हुन  आग्रह गर्नु भएको छ। (फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077