कोशी प्रदेश सभा सचिव पराजुली ःशपथ ग्रहण

Logo
Nav Nepal आइतबार, बैशाख ०९, २०८१

विराटनगर, ९ वैशाख ः कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
कोशी प्रदेश सभा सचिवालयको सभाहलमा आयोजित कार्यक्रममा सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम शपथ ग्रहण गराउनु भएको हो ।
सचिव पराजुलीको प्रदेश सभा सचिव पदमा २०८१ वैशाख ८ गते पाँच वर्ष कार्यकाल पूरा भएको थियो । उहाँको आवश्यकता र अनुभवको आधारमा सभामुख विष्टले प्रदेश प्रमुख पराशुराम खापुङलाई पुनः सो पदमा नियुक्त्त गर्न सिफारिश गर्नुभएको थियो र प्रदेश प्रमुख खापङले आजको मिति देखि लागु हुने गरी वैशाख ३ गते नै नियुक्ती गर्नुभएको थियो ।
शालीन, भद्र स्वभावका नवनियुक्त्त सचिव पराजुलीले यस अघि नेपाल सरकारको सहसचिव भई प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून सचिव पदको जिम्मेवारी कुशलतापूर्व सम्हाल्नु भएको थियो ।


प्रदेश सभा सञ्चालनमा उहाँको अनुभव र क्षमता एवं दक्षतालाई सबै सराहना गर्दै आएका छन् ।
निजामति सेवामा अवकाश पाउन थोरै समय रहेको अवस्थामा २०७६ साल वैशाख ९ गते कोशी प्रदेश सभाको सचिव पदमा नियुक्ती पाउनु भएको थियो । स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नु भएको सचिव पराजुली विभित्र विषयमा विज्ञता हासिल गर्नु भएको छ । उहाँको जन्म २०१८ साल भदौ ५ गते धनकुटामा भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077