प्रदेश प्रमुख खापुङ्ग समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन पेश

Logo
Nav Nepal शुक्रबार, बैशाख २१, २०८१
विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गलाई आज प्रदेश प्रमुखको कार्यालयमा  प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको  वार्षिक प्रतिवेदन वुझाइएको छ।
प्रदेश प्रमुख खापुङ्गलाई  मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको  आर्थिक वर्ष  २०७९ः ८० को बार्षिक प्रतिवेदन वुझाउनु भएको हो ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बलियो बनाउन विधिको शासन महत्वपूर्ण हुने भन्दै  मुख्य न्यायाधिवक्ताको कार्यालयको काम कारवाहीले यस कार्यलाई मद्दत पु¥याएको बताउनु भयो ।
उहाँले नेपालको संविधानले कल्पना  गरे अनुसारको  कार्यालयले पालिकास्तरसम्म कानून निर्माण सम्वन्धी कार्यक्रम संचालन गर्नु महत्वपूर्ण कार्य  रहेको उल्लेख गर्नु भयो ।
प्रदेश प्रमुख खापुङ्गले कार्यालयले संविधान एवं प्रचलित कानून  वमोजिम भूमिका निर्वाह गरेकोमा प्रंशसा समेत व्यक्त गर्नु भयो ।
सो अवसरमा प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता कोइरालाले प्रदेशमा  कानूनको प्रभावकारी कार्यान्वयन गर्नका लागि कानूनी साक्षरता तथा कानून निर्माण क्षमता अभिवृद्धि कार्यक्रम प्रदेशका नौ जिल्लामा  सञ्चालन गरेको जानकारी दिनु भयो ।
कार्यालयले आव २०७९ः८० मा जिम्मेवारी सरी आएको र सोही वर्ष दर्ता भएको मुद्दा सङ्ख्या १५५ मध्ये छफर्र्यौट भएको  मुद्दा ४५ र वाकी रहेको मुद्दा सङ्ख्या ११० रहेको तथ्याङकमा उल्लेख गरिएको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077