सरकार परिवर्तनमा अहिले लाग्नु गलत हुने – नेकां केन्द्रीय सदस्य केसी

Logo
Nav Nepal सोमबार, बैशाख २४, २०८१
विराटनगर,२४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद अर्जुननरसिंह केसीले सरकार परिवर्तनमा अहिले लाग्नु  गलत हुने बताउनु भएको छ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा  उहाँले नेकां सरकार परिवर्तनको खेलमा समावेश भई  राजनीतिक आस्थिरताको कारकतत्व बन्न नहुने विचार राख्नु भयो ।
केन्द्रीय सदस्य केसी वर्तमान सरकार आगामी कात्तिक अथवा मङ्सिरमा आफै ढल्ने दावी समेत गर्नु भयो ।
उहाँले समानुपातिक प्रणाली  हटाउन पर्छ यसले मुलुकमा अस्थिरता निमत्याएको उल्लेख गर्दै निर्वाचन क्षेत्रलाई  पछाडि परेका समुदायका लागि आरक्षण घोषणा  गरि प्रत्यक्ष निर्वाचन गराउनु पर्ने सुझाव दिनु भयो ।
केन्द्रीय सदस्य  केसीले मुलुकमा राजनीतिक अस्थिरताको अन्त्यका लागि प्रत्यक्ष प्रधानमन्त्री निर्वाचित प्रणाली अपनाउनु पर्नेमा जोड दिंदै  यसका लागि राष्ट्रिय सहमतीको आधारमा संविधान संशोधन गर्नु आवश्यक रहेको धारणा राख्नु भयो ।
केन्द्रीय सदस्य केसीले कोशी सरकारका सम्वन्धमा  लोकतन्त्रमा अल्पमतको सरकार सञ्चालन हुँदैन भन्दै सरकार निर्माण हुने सम्भावनामा विकल्पको सरकार गठन गर्न मार्गप्रस्तुत गर्नुपर्ने सुझाव दिनु भयो । कार्यक्रम युनियन मोरङका सभापति बेदराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
 (फोटो उपलव्ध छ)

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077