नेकपा एसका अध्यक्ष नेपाल वर्तमान सत्ता समीकरण भित्र रहनु भएको – प्रधानमन्त्री दाहाल

Logo
Nav Nepal बिहिबार, जेठ १७, २०८१
विराटनगर,१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल वर्तमान सत्तासमिकरण भित्र हुनु भएको बताउनु भएको छ।
प्रधानमन्त्री दाहाल आज विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एसका अध्यक्ष नेपालसंग आज विहान कुराकानीमा समिकरण भित्र रहेको प्रष्ट पार्नु भयो ।
उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग माधव नेपालको कुराकानी र भेटघाट आफुले त्यति असहज नठाने छैन भन्दै  उहाँले सत्तापक्ष र विपक्षी दुबैतिर विगतमा देखिए पनि अहिले हुनुहुन्न बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नु भयो  ‘सरकारले ल्याएको वजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरेको बताउँदै प्रदेशको आवश्यक्ता र स्थिति अनुसार प्रर्याप्त व्यवस्था र कार्यक्रम रहेको छन् ’।
उहाँले कोशी प्रदेशलाई बजेटमा कम रकम छुट्याएको भन्ने गलत प्रचार गरिएको छ, त्यो गलत भएको स्पष्ट पार्नु भयो ।
बजेटको वक्तव्य जति कुरा आएको छ त्यति मात्र छैन भन्दै  विराटनगरमा चक्रपथ, चिकित्सा शास्त्र कलेज सञ्चालन जस्ता कुरा  वजेटमा व्यवस्था गरिएको छ प्रधानमन्त्री दाहालले जानकारी दिनु भयो ।
उहाँले सरकारले प्रस्तुत गरेको बजेटमा धेरै चिज नयाँ रहेको छ भन्दै विस्तृत अध्ययन गरेपछि थाहा हुने छन् जस्तै  कृषि, सूचना प्रविधि(आई टि) दशक जस्ता कुरा आफ्ै नयाँ भएको  जानकारी दिनु भयो ।
उहाँले बजेटमा उत्पादन, उपादकत्व र रोजगारी केन्द्रीत गरेको आएको छ भन्दै थुप्रै नयाँ कार्ययोजनाहरु वैदेशिक रोजगारीबाट फिर्ता आएका, स्थानीय लाखौंलाई रोजगारी दिने ठोस कार्यक्रम आएको  बताउनु भयो ।
प्रधानमन्त्री दाहालले अर्थविज्ञहरुले वर्तमान वजेट मुलुकको आर्थिक र राजनीतिक स्थित  अनुसार सन्तुलित रुपमा आएको  विचार व्यक्त गरेको धारणा राख्नु भयो ।एक प्रश्नको जवाफमा उहाँले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा वाहिर सरकार निर्माण नहुने स्पष्ट पार्नु भयो ।
उहाँले वर्तमान समिकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन साहको गतिविधि सम्बन्धमा पत्रकारहरुवाट मूल्याङ्कन गर्नु सुझाव दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077