विराटनगर, २१ जेठ ः कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माण गर्ने’ लक्ष्य अनुरुप आज आर्थिक वर्ष २०८१÷८२ को निति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु आगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पुस्तक प्रदेश प्रमुख खापुङ्गलाई वाचन गर्न हस्तान्तरण गर्नुभएको थियो ।
सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम वाचन गर्न प्रदेश प्रमुख खापुङ्गलाई समय दिनुभएपछि वाचन गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा प्रदेशका प्राकृतिक तथा मानवीय स्रोतहरको अध्ययन, अनुसन्धान तथा उपयोग सम्बन्धी नीति लिइने, योजना, बजेट तथा कार्यक्रमलाई प्रदेशको आवश्यकता तथा राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोगी बनाउन प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गरिने नीति तथा कार्यक्रमा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्लास्टिकको प्रयोगलाई न्यूनीकरण र हरियाली प्रवर्द्धन गर्ने , पहाडी क्षेत्रका पानीका मूलको संरक्षण र सम्वद्र्धन गरिने, कोशी प्रदेश लाई धानको बीउ स्रोतको रुपमा विकास गर्ने र माटो तथा मल परीक्षण घुम्ती शिविर सञ्चालन गर्ने उल्लेख छ ।
रैथाने बालीको पहिचान गरी क्षेत्र विस्तारमा जोड दिने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने, बाली तथा पशुपंक्षी बीमालाई प्रवद्र्धन गरिने, अदुवा, अलैँची जस्ता उच्च मूल्य भएका वस्तुको प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने, पशु नश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख खापुङ्गले वाचन गर्नु भएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
बर्षाको पानी भरण गरी दिगो सिँचाइ सेवा पु¥याएर उत्पादन उत्पादकत्व बढाउने, पहाडमा लिफ्टबाट सिँचाइ पु¥याउने, तराईमा सतह र भूमिगत सिँचाइ प्रणालीको विकास र विस्तार गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
कर्मचारी सरूवा ताथ पदस्थापन सम्बन्धी मापद्ण्ड बनाएर कार्यान्वयन गर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग खोल्न प्रोत्साहन गर्ने, प्रदेश सार्वजनि खरिद नियमावलीलाई आवश्यक सुधार गर्ने, मितव्ययिता नीति अवलम्बन गर्ने, अपराध नियन्त्रण गर्न सूचना प्राणालिको विकास गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धी कानून तर्जुमा गरिने, वचतलाई प्रवद्र्धन गर्दै उत्पादनमूलक क्षेत्रमा वित्तीय क्षेत्रका नियामक निकायहरुको समन्वय र सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने , बेरुजु न्यूनीकरण तथा फर्छौट सम्बन्धी कार्यविधि, २०८० को प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक अनुशासन कायम गर्ने र प्रदेशको दोस्रो आवधि योजनाले लिने सोच, लक्ष्य एवं उद्देश्य हासिल गर्न योगदान पु¥याउने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिने जस्ता १३५ बुँदा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री कार्कीले आजै एक प्रति नीति तथा कार्यक्रम सदनमा टेबुल गर्नु भयो भने प्रदेश प्रमुख खापुङ्गले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रम पछि सदनमा सर्वसम्मतले धन्यवाद प्रस्ताव पारित भएको थियो ।
प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।–––