

भोजपुर । भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको हत्या गरेका छन् ।
भोजपुर नगरपालिका वडा नं. २ का राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।
राजेन्द्रले चारै जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले ससुरा बेलबहादुर गिरी, सासु बिन्दु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन ।
चार जनाको हत्या गरिसकेपछि उनले प्रहरीलाई आफैंले खबर गरेका थिए । उनले प्रहरीको कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए । त्यसपछि तत्काल अस्थायी प्रहरी पोष्ट ओख्रेको प्रहरी टोली परिचालित भएको थियो ।
उनलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका १ हर्बुभन्ज्याङ भन्ने स्थानमा प्रहरीले फेला परेको थियो । उनी पेटमा धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए ।
राजेन्द्रले दुई वर्ष अघि प्रेम बिवाह गरेका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।