सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ–सभामुख विष्ट

Logo
Nav Nepal आइतबार, आषाढ २२, २०८२

विराटनगर , २२ असार ः कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीहरुले समाजमा पछाडि परेको समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताउनु भएकोछ।
नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष ग्रामथान –२ झोराहाट मोरङद्वारा आज यहाँ आयोजित झीलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारबाट विविसि मोरङका समाचारदाता विक्रम निरौलालाई नगद सहित सम्मान गर्दै उहाँले बालविवाह,महिला हिंसा, छुवाछुथ प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनु पर्ने सुझाव दिनुभयो ।
सभामुख विष्टले लुईटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य,शिक्षा एवं विकासमा महत्वपूर्ण योगदानको कारण उहाँहरुको सम्झना पछिसम्म रहिरहने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवं नराम्रोको स्वस्थ्य आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्रबहादुर राउतले लुईटलले परिवारको यस क्षेत्रको समग्र विकासमा ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।
सो अवसरमा सभामुख विष्टले छात्रपति लुईटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा छेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगद सहित सम्मान गर्नु भएको थियो ।
सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुईटेल स्मृति ग्रन्थ पुस्तकको विमोचन गर्नु भयो।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077