गोल्डेन हस्पिटलले बिरामीको उपचारमा भारी छुटको घोषणा

Logo
Nav Nepal बिहिबार, आषाढ २६, २०८२

विराटनगर, २६ असार ः गोल्डेन हस्पिटल प्रालि विराटनगरले नेपाल सरकारको ‘ सर्वसुलभ स्वास्थ्य सेवा’ दृष्टिकोणलाई आत्मसाथ गर्दै सहुलियतदरमा गुणस्तरीय सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गर्दै आम नागरिकको चाहना अपुरो भइरहेको बेलामा अस्पतालले नाफाभन्दा समाजप्रतिको दायित्वलाई प्राथमिकता राखी सो सहुलियतको घोषणा गरेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा श्यामकुमार रौनियारको नेतृत्वमा जनगुनासोलाई सुन्दै बुझ्दै अस्पतालले लामो समयदेखि शल्यक्रियाका लागि प्रतीक्षारत बिरामीहरुका लागि सहुलियत दिने निर्णय लिएको हो ।
अस्पतालले उपचारमा छुटको व्यवस्था गरी हाईड्रोशिल शल्यक्रियाको रु १९ हजार ९९९, अपेंडिक्स शल्यक्रियाको रु १० हजार ९९९ , पाठेघर शल्यक्रियाको रु २४ हजार ९९९, सिजेरियन डेलिभरीको रु १५ हजार, सामान्य डेलिभरीको रु चार हजार ९९९, फेस तथा अनुहारको शल्यक्रियाको रु ३४ हजार ९९९, कानको जाली फुटेको शल्यक्रियको रु २४ हजार ९९९, मुत्रनलिमा भएको पथरीको शल्यक्रियाको रु २४ हजार ९९९हजार , टन्शील शल्यक्रियाको रु २९ हजार ९९९, नाक बांगो भएको शल्यक्रियाको रु २९ हजार ९९९, किड्नीको पथरीको शल्यक्रियाको रु ३४ हजार ९९९ र पित्त थैलीको पथरीको (प्याकेजको) रु ३९ हजार ४९९ निर्धारण गरी बिरामीको उपचारमा भारी छुटको व्यवस्था भएको जनाइएको छ । उल्लेखित बिरामीको अन्य ठाउँमा उपचार गराएमा झण्डै दोब्बर खर्च लाग्ने अस्पतालको भनाइ छ ।
‘ स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार हो, तपाँईको स्वास्थ्य हाम्रो जिम्मेवारी र नीतिलाई हामीले यो समाज र हाम्रो राष्ट्रप्रतिको जिम्मेवारी स्वरुप अघि सारेका हौँ ’प्रबन्धक डा रौनियारले भत्रुभयो ।
यसअतिरिक्त अस्पतालले मातृ तथा शिशु मृत्युदर घटाउने, विशेषञज्ञ चिकित्सकहरुद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनिका बालबालिकाहरुलाई सघन उपचार बाहेक, सम्पूर्ण सेवाम २५ प्रतिशत छुट दिने, ८० वर्ष माथिका आमाबुबालाई ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077