‘मनमोहन प्राविधिक विश्वविद्यालयले उद्योगलाई आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन गर्नुपर्छ’

Logo
Nav Nepal शुक्रबार, आषाढ २७, २०८२

विराटनगर, २६ असार । मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगंगाले मोरङ –सुनसरी क्षेत्रका उद्योगहरूको आवश्यकता अनुसरकारको पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् ।
कोशी प्रदेश सरकारको एकमात्र विश्विद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा विराटनगरमा आयोजित उद्योगीहरुसँगको अन्तरक्रियामा उद्योगीपति एवं व्यवस्थापकहरुले उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सोही अनुरूपको पाठ्यक्रम गर्नुपर्ने धारणा राखेको छन् ।
उद्योमीहरुले दक्ष प्राविधिक जनशक्ति उत्पादन नभएसम्म देशका उत्पादनमूलक र सेवा क्षेत्रमा क्रियाशील उद्योगहरू आत्मनिर्भर बन्न सक्दैनन् त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी उद्योगमै आवश्यक पर्ने पाठ्यक्रम विकास गरेर पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सिमित बजेटका बीच पनि मनमोहन प्राविधिक विश्वविद्यालयले तीव्र गतिमा काम गरिरहेको बताउनु भयो । उहाँले दिगो रोजगारीका लागि सरकारले त्रिपक्षीय सम्झौता गर्न तयार रहेको धारणा राख्नु भयो ।
मन्त्री राईले स्वदेशी दक्ष जनशक्तिले उद्योगमा स्थायित्व ल्याएर राष्ट्रिय पुँजीको विकास गर्छ भन्दै प्राविधिक जनशक्ति उत्पादनका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त्त गर्नुभयो । उहाँले सरकारले दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउन ठोस योजना जानकारी दिनुभयो ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले उद्योगको आवश्यकताअनुसार जनशक्ति उत्पादन गरी दिगो रोजगार सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गरी संयुक्त कार्यदल बनाउन विश्वविद्यालय तयार रहेको बताउनु भयो । उहाँले हजारौं शिक्षित प्राविधिक जनशक्तिलाई स्वदेशमै रोजगार दिन उद्योगीहरू तयार हुनु गर्वको कुरा हो भन्दै कार्यदलको विश्लेषणका आधारमा पाठ्यक्रम निर्माण गरी दिगो रोजगारीका लागि सरकार, विश्वविद्यालय र उद्योगबीच त्रिपक्षीय सम्झौता गर्न तयार विचार राख्नु भयो ।

 

विराट मेडिकल टिचिङ अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले देशमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताउनु भयो ।
सुनसरी मोरङ औधोगिक करिडोर अन्तर्गतको अरिहन्त मल्टिफाइबर्सका प्रबन्धक नारायण लामीछानेले दक्ष प्राविधिक जनशक्ति स्वदेशमै पर्याप्त मात्रामा उत्पादन नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको धारणा राख्नु भयो ।
भौतिक उद्योग विज्ञ काशीराम भण्डारीले मनमोहनले उत्पादन गर्न थालेका प्राविधिक जनशक्ति उद्योगहरूले लिइरहे जानकारी दिँदै दक्षजनक्तिलाई स्वदेशमै टिकाइराख्न सरकारको सहयोग आवश्यक रहेको विचार राख्नुभयो ।
पशुपति आयरन उद्योगका प्रबन्धक के. के. ठाकुरले ज्ञानसहितको सीपयुक्त प्राविधिक जनशक्ति मात्र उद्योगका लागि योग्य हुने भन्दै अदक्ष जनशक्तिमा निर्भर रहँदा उद्योगमा जोखिम बढ्ने धारणा राख्नु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्राविधिक विश्वविद्यालयले उद्योगमै आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नु स्वागतयोग्य कदम भएको बताउनु भयो । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077