प्रहरीले २७ हजार केजी गाँजा वरामद

Logo
Nav Nepal बिहिबार, साउन ०९, २०८२

 

विराटनगर,८ साउन ः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन, ओसारपसारलाई नियन्त्रण गर्ने क्रममा आर्थिक वर्ष २०८१÷८२ मा २६ हजार ७०५ केजी गाँजा वरामद गरेको छ।
गत आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १२ हजार ३७५ किलो ९२९ ग्राम, जिल्ला प्रहरी कार्यालय मोरङले छ हजार ६५० किलो ४०० ग्राम, जिल्ला प्रहरी कार्यालय धनकुटाले चार हजार १९४ किलो ३०० ग्राम गाँजा वरामद गरेको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले एक हजार ८१० किलो ४८४ ग्राम, जिल्ला प्रहरी कार्यालय झापाले एक हजार ६५१ किलो २८२ ग्राम सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मि.ग्राम गाँजा बरामद प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।
यस्तै गाँजा बेचबिखन तथा ओसार पसारमा सङ्लग्न रहेका १६५ जना पुरुष र २४ जना महिला सहित ओसार पसारमा प्रयोग भएको ३१ वटा चारपाङ्ग्रे सवारी साधन र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ ।
प्रहरीले चेकजाँचमा कडाई गरेकै कारण बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधन, तरकारी बोक्ने गाडी, मोटरसाईकल लगायत साना ठुला सवारी साधनमा लुकाएर र कोशी नदीमा पानीमा बगाएर तथा जमिन मुनी गाडेर लुकाई छिपाई गरिने लागू औषध गाँजाको ओसार पसार, कारोवार समेतलाई बिशेष सुचना तथा अनुसन्धानको आधारमा बरामद गर्न सफल भएको छ ।

यस्तै खेतबारीमा आफै उम्रेका तथा लगाएको गाँजाको बोट तथा बेर्नाहरु नष्ट गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले १२ लाख ५९ हजार बोट तथा बेर्ना, भोजपुरले २८ लाख ४६ हजार बोट तथा बेर्ना, उदयपुरले १६ लाख आठ हजार पाँच सय बोट तथा बेर्ना, सोलुले २९ हजार सात सय बोट तथा बेर्ना नष्ट गरेको छ।
यसैगरी प्रहरी कार्यालय खोटाङले २६ हजार दुई सय बोट तथा बेर्ना सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा दुई हजार ४६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट तथा बेर्नाहरु नष्ट गरेको छ ।–––

 

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077