प्रदेशबाट सबैभन्दा वढी कफि निर्यात गर्ने गरी काम शुरु –मन्त्री मगर

Logo
Nav Nepal सोमबार, साउन २०, २०८२

 

विराटनगर, १९ साउन ः कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशबाट सवैभन्दा बढी कफी निर्यात गर्ने गरि काम गरिरहेको बताउनु भएको छ ।
मोरङ चेम्वर अफ कमर्सको छैठौं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले अन्य प्रदेशको तुलनामा प्रदेशले सवै भन्दा बढी कफी निर्यात गर्ने दावी गर्नुभयो ।
मन्त्री मगरले औद्योगिक शहरको पहिचान बनाएको विराटनगर अहिले पछि परेकोमा चिन्ता व्यक्त्त गर्दै सरकारले नीजि क्षेत्रमा उद्योग स्थापनामा सहयोग गर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सरकारको नीति नेपाली बजारको प्रबद्र्धन हुने किसिमको ल्याउनु पर्ने बताउनु भयो ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड १९ र रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा परेको असर र संकुचित मौद्रिक नीतिका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको विचार राख्नु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आर्थिक चलायमानका लागि सरकारले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने जोड दिदै प्रदेशमा कृषिको सम्भावना भएकाले राज्यले लगानी बढाउनु पर्ने सुझाव दिनु भयो ।
चेम्बरका मोरङ अध्यक्ष यादव पोखरेल,उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायतले नेपाली उद्योगको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्रीराम आयलका प्रदिप मुरारका, न्युरो अस्पताल विराटनगरका डा. वीरेन्द्र विष्ट, पल्स फेसन सुनसरी खनारका निमेष प्रधान, क्वालिटी रिफाईनरी उद्योगका घनश्याम कावरा, नोबेल मेडिकल कलेज विराटनगरका लोकनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077