प्रथम वुढीगंगा फुटवल प्रतियोगितामा सिरहाको सलहेस क्लव विजयी

Logo
Nav Nepal आइतबार, चैत्र २२, २०८२

 

विराटनगर, १७ चैत ः मोरङको वुढीगंगा गाउँपालिकामा आज देखि शुरुभएको प्रथम वुढीगंगा गोल्डकप–२०८२ फुटवल प्रतियोगितामा सलहेस फुटवल क्लव सिरहा ,मधेशप्रदेश विजयी भएको छ।
पालिकाद्वारा संचालित उक्त प्रतियोगिता वडा नं २ अमाही खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सलहेस क्लवले आरआईएफसि काठमाण्डौँलाई ४ –३ गोलले पराजीत गरेको छ।
प्रतियोगितामा कोशी, मधेश, वागमती प्रदेश र भारतको पश्चिम बङ्गालका गरी आठ बटा प्रदेशस्तरीय ए श्रेणीको क्लवको सहभागिता रहेको पालिकाका अध्यक्ष जीतनारायण थापा मगरले जानकारी दिनुभयो ।
वुढीगंगा गाउँपालिका टीम,सलेहश युवा फुटवल क्लव सिरहा, राजारानी युवा क्लव,धनकुटा, धरान फुटवल क्लव,धरान,चात्या फुटवल क्लव झापा, आरआईएफसि काठमाण्डौँ, नाइजेरियन क्लव र कञ्चनजङ्घा क्लव सिलीगुढी पश्चिम वङ्गाल भारत रहेका प्रतियोगिताका संयोजक रेवती नारायण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विजेता टोलीलाई रु पाँच लाख, उपविजेतालाई दुई लाख ५० हजार नगद सहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिता सम्पन्न गर्न रु ३९ लाख खर्च लाग्ने अनुमान रहेको छ।


युवाहरुलाई खेलप्रति आकर्षित गराई लगनशिल एवं अनुशासित बनाइ पालिकालाई फुटवलको उर्वर भूमिको रुपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष थापा मगरले खेलकूदको माध्यमबाट यसक्षेत्रका युवाहरुलाई रोजगार उपलव्ध गराउन विभिन्न विधामा युवायुवतीहरुलाई प्रशिक्षण दिइरहेको जानकारी गराउनुभयो ।
पालिकाले आफ्नै खर्चमा ५० जना युवालाई विगत एक वर्षदेखि फुटवलको प्रशिक्षण दिई प्रतियोगिताको लागि ३२ जना छनौट गरेको छ।
भोलिको खेल चात्या फुटवल क्लव झापा र राजारानी फुटवल क्लव धनकुटाका वीच हुनेछ । ––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077