विराटनगर, २५ चैत ः नोवेल मेडिकल कलेज विराट गोल्ड कप फूटवल–२०८२ प्रतियोगितामा यही चैत २८ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ।
विराट गोल्ड कप फुटवल ट्रष्टद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद मैदानमा डे नाइटमा हुने ३८ औँ गोल्ड कप प्रतियोगिता स्थानीय शहीद रङशालामा फ्लड लाईटमा हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रतियोेगितामा नेपाल र भारतका गरी आठ वटा टीमहरुको सहभागिता हुने छ ।
‘फुटवलको पर्व,विराटनगरको गर्व,विराट गोल्ड कप’ नाराका साथ प्रतियोगितामा नेपाल पुलिस क्लव, काठमाण्डौँ,त्रिभुवन आर्मी फुटवल क्लव काठमाण्डौँ, मच्छिन्द्र फुटवल क्लव , काठमाण्डौँ, नेपाल एपिएफ फुटवल क्लव , काठमाण्डौँ, चर्च ब्वाइज फुटवल क्लव, काठमाण्डौँ,सम्राट स्र्पोटिङ्ग क्लव विराटनगर,झापा –११ फुटवल क्लव, झापा, र भारत झारखण्डको विर्षा मुण्डा फुटवल एकेडेमी रहेका छन् । प्रतियोगिता नकआउटको आधारमा खेलाइने छ।
प्रतियोगितामा विजेता हुने टीमले रु ११ लाख,उपविजेताले रु पाँच लाख,उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोल रक्षकलाई रु १५ हजार, सर्वााधिक गोलकर्तालाई रु १५ हजार,सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार दिने निर्णय भएको सो अवसरमा बताइयो ।
‘विराट गोल्ड कप फुटबल प्रतियोगिता –२०८२ सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताउनुभयो ।
प्रतियोगिताको टिकट दर क्वाटर फाइनलसम्म रु एक सय, सेमि फाइनल रु दुई सय र फाइनलका रु तीन सय राखिएको छ।–––