महिला क्रिकट खेलको विकासका लागि –इक्युवालिटी क्रिकेट प्रतियोगिता विराटनगरमा हुने

Logo
Nav Nepal बिहिबार, चैत्र २६, २०८२

विराटनगर, २६ चैत ः भुइँतह तथा महिला क्रिकेट विकासका लागि विराटनगरमा भोलिदेखि इक्युवालिटी कप क्रिकेट–२०२६ प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट फाउन्डेसद्वारा आयोजित उक्त प्रतियोगिता टी –२० फर्माटमा विराटनगर –६ मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा हुने आज आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको छ।
पाँचौं संस्करणका उक्त क्रिकेट प्रतियोगितामा चैत ३० गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा कोशी र मधेश प्रदेशका चार महिला टिमको सहभागिता हुने आयोजक फाउण्डेशनकी वोर्ड सदस्य स्नेहा गुभाजुले बताउनुभयो ।
प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगर हब र पथरी, इटहरी, धनकुटा र उदयपुर सम्मिलित एनसीएफ ११ र मधेश प्रदेशबाट राजविराज र सिरहाको टीम सहभागी रहेको सदस्य गुवाजुले जानकारी दिनुभयो ।


विगत पाँच वर्षदेखि हरेक वर्ष अन्तराष्ट्रिय महिला दिवसका समयमा प्रतियोगिता हुने गरेपनि यस वर्ष निर्वाचनका कारण पछि सारिएको आयोजकले जनाएको छ ।
दैनिक दुई हुने छ भने भोलिको उद्घाटन खेलमा विराटनगर हब र एनसीएफ ११ वीच प्रतिष्पर्धा हुने भएको छ।


प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने नेपाल क्रिकेट फाउन्डेसनका अभिनव यादवले बताउनुभयो । –––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077