मेगा इण्डियन एजुकेशन एक्सपो (शैक्षिक मेला) शुरु –विद्यार्थीहरुको भीड

Logo
Nav Nepal सोमबार, जेठ ०४, २०८३

विराटनगर ,४ जेठ ः भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले आज विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ (शैक्षिक मेला) आयोजना गरिएको छ ।
इन्डो ग्लोबल फाउण्डेशन काठमाडौको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनद्वारा संयुक्त रुपमा सो शैक्षिक मेला आयोजना गरिएको हो ।
विराटनगरको सिटी प्यालेसमा सञ्चालित उक्त एक्सपोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको छ ।
एक्सपोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई भारतीय कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श गराईरहेका छन ।
विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई कलेजका विभिन्न सङ्काय, शुल्क विवरण, अन्य सम्भावित खर्च र रोजगारीको अवसर सहितका आफ्ना विशेषताहरूबारे विस्तृत जानकारी गराइएको छ।


एक्सपोमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन जनालाई ‘एस.जे.ई. ग्रुप अफ इन्स्टिच्युसन्स’ ले कलेज ट्युसन शुल्कमा शत प्रतिशतसम्म छुट दिने कृष्णा एजुकेशन फाउण्डेशनका सञ्चालक कृष्ण जैसवालले जानकारी दिनुभयो ।
भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले विभिन्न सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै विराटनगरमै एकै छानामुनि सम्पूर्ण जानकारी उपलब्ध गराउन एक्सपोको आयोजना गरिएको आयोजक इन्डो ग्लोबल फाउण्डेशन काठमाडौका निर्देशक सुदन चौहानले बताउनुभयो ।


एक्सपोमा सहभागी विद्यार्थीहरूमध्ये गोला प्रथा मार्फत दुई जनालाई एन्ड्रोइड मोबाइल समेत वितरण गरिने आयोजक समितिले जनाएको छ ।
मेलामा विराटनगर, इटहरी, धरान इनरुवा,झापा का साथै मधेश प्रदेशका सिरहा र सप्तरी लगायतका आसपासका पालिकाका विद्यार्थीहरूले अवलोकन एवं जानकारी दिइरहेका छन् ।
एक दिने एक्सपो आज (जेठ ४ गते) साँझ साढे ५ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जानकारी दिएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077