विराटनगर ,६ जेठ ः मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैठौं ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ।
रानी विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटवल टीमहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कनकाई स्पोर्टिङ क्लब भापा, ब्रदरहुड फुटबल क्लब उदयपुर, ए.पी. एफ. पकली, टी. डब्लु वाई.सी विराटनगर, लेटाङ फुटबल क्लब, कोशी प्रदेश प्रहरी कार्यालय रानी, इनरुवा फुटबल क्लब सुनसरी र लाली गुँरास स्पोर्टिङ क्लब मिल्स एरिया सहभागी हुनेछन् ।
ट्रस्टका अध्यक्ष विष्णु डंगोलले स्थानीय स्तरका युवाहरूमा फुटबलप्रति आकर्षण जगाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
प्रतियोगिताका विजेता टोलीले रु. दुई लाख एक हजार १११सहित ट्रफी पाउने छन् भने उपविजेता टोलीले रु. एक लाख एकहजार १११ प्राप्त गर्नेछन् ।
यसैगरी चार वटा विधागत पुरस्कार बापत रु. तीन हजार एक सय १०० र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई रु. दुईहजार ५००÷– प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न रु दश लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक अमृत गुरुङले जानकारी गराउनुभयो।–––