‘सङ्घीयताप्रति युवाहरुमा रहेको भ्रम हटाउनु पर्छ ’

Logo
Nav Nepal बुधबार, जेठ ०६, २०८३

विराटनगर,६ जेठ ः सङ्घियता प्रति युवाहरुमा यसको औचित्य र आवश्यकता बारे जानकारी दिन युवा सम्वाद कार्यक्रम आयोजना गरिएको छ ।
भूमि व्यवस्था, सहकारी,सङ्घीय मामिलातथा सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्र्तर्गतको प्रदेश तथा स्थानीय शासन सबलिकरण कार्यक्रमद्वारा आज यहाँ आयोजित कार्यक्रममा समावेशिता, अधिकार प्रत्यायोजन र विकेन्द्रिकरणका लागि संघियता अत्यावश्यक भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा विज्ञहरुले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र तीन तहको सरकारले आआफ्नो अधिकार कार्यान्वयन गर्न सके जनतालाई सेवाप्रवाह सजिलै दिन सकिने जानकारी दिनुभयो ।
सङ्घियता विज्ञ एवं पूर्व सांसद डा खिमलाल देवकोटाले वर्तमान अवस्थामा समेत सङ्घियता युवाहरुप्रति रहेको भ्रम हटाउनु पर्ने तथा उनीहरुलाई यसबारे यसबारे थप जानकारी दिनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले सङ्घियतामा रहेका विकृतिहरुलाई सुधार गर्न सकेमा युवाहरुमा यसप्रति रहेको भ्रम हट्ने विचार व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहको अधिकार, वित्तिय, प्रशासनिक र राजनैतिक संघियता, बजेट बनाउने प्रक्रिया र कार्यक्रम तथा प्रदेशको समस्या बारे प्रशिक्षण दिइएको थियो ।
सो कार्यक्रममा प्रदेश सांसदहरु, विभिन्न जिल्लाका युवाहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077