एभरेष्ट स्कूल –नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन

Logo
Nav Nepal शनिबार, जेठ ०९, २०८३

विराटनगर ,९ जेठ ः विद्यार्थीको क्षमता र नेतृत्व विकासका र बहुआयामिक विषयवस्तुसँग परिचित गराउन ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ ।
रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर –५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलनको आज यहाँ आयोजना गरिएको छ ।
जेठ १० गतेसम्म चल्ने सम्मलेनमा कक्षा ७ देखि कक्षा १२ सम्मका स्थानीय चार विद्यालयका २२५ विद्यार्थी सहभागी छन् ।


सहभागी विद्यार्थीले सम्मलेनमा सार्क राष्ट्रको अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ, नेपाल, पाकिस्तान र श्रीलंकाको प्रतिनिधित्व गरिरहेका छन् ।
विद्यार्थीले संयुक्त राष्ट्र संघको कार्य सम्पादन बारे विस्तृत ज्ञान हासिल गर्नुका साथै आफूले प्रतिनिधित्व गरेको देशले भोग्दै आएको समस्या, मध्यपूर्व एशियाको युद्धले पैदा भएको इन्धन संकट,जलवायु परिवर्तन, आइटी, कार्बन उत्सर्जन, गरिबी उन्मुलन, मानव तस्करी, लागु औषध दुव्र्यसन एवं कारोबार र निसशस्त्रीकरण लगायतका विषयमा पक्ष आफ्नो विचार राख्ने छन् ।


पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले जीवनको लक्ष्य हासिल गर्न साझा बाटो आवलम्बन गर्नु महत्वपूर्ण भएको बताउनु भयो ।
एभरेष्टका प्राचार्य टिकाराम पुरीले नमूना सम्मेलनले संवेदनशील एजेण्डामा बहस र संघको संचालनबारे विद्यार्थीले जानकारी पाप्त गर्ने विचार राख्नु खयो ।
शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहाल आफ्नै भुमि र क्षेत्रमा संयुक्त राष्ट्र संघको भूमिका निर्वाह गर्न पाउनु गर्वको कुरा भएको बताए ।
रोटरी क्लब अफ विराटनगरका निवर्तमान अध्यक्ष एवं सम्मेलनका संयोजक मनोजबिक्रम शाहले सिकेका कुरालाई घर र समाजमा लैजान सके सार्थक हुने धारणा राख्नु भयो ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत,रोटरी क्लब अफ विराटनगरका अध्यक्ष ठाकुरप्रसाद आचार्यले यस प्रकारको सम्मेलनले विद्यार्थीमा परिपक्वता आउने र निर्णय लिने क्षमता वृद्धि हुने विचार राख्नुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077