प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते

Logo
Nav Nepal बिहिबार, जेठ १४, २०८३

विराटनगर,, १४ जेठ ः कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित बोर्डको कार्यालयमा आज सम्पन्न बोर्डको ३२ औँ बैठकले उक्त निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष तथा प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशका जिल्लाहरूको छनौट प्रतियोगिता यही जेठ १५ र १६ गते भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
बोर्डका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न बैठकले समय अभावका कारण छोटो समयमा छनोट प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको हो ।
बोर्डका सदस्य टिकाराम पुरीले जेठ १८ गते भित्र प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गर्दै सोही दिन राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरूको बिदाई समेत गर्ने निर्णय भएको जानकारी दिनु भयो ।
लामो समयदेखि पदाधिकारीबिहीन रहेको बोर्डमा जेठ १३ गते मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी तथा सदस्यहरूको नियुक्ति भएको थियो ।
बोर्डमा दुई उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू गरेर ११ जनाको नियुक्ती भएको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077