प्रदेश सञ्चार प्रतिष्ठान गठनले श्रमजीवी पत्रकारको हकहित संरक्षण हुने–मन्त्री पराजुली

Logo
Nav Nepal सोमबार, आषाढ २२, २०८३

 

विराटनगर,२२ असार ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले प्रदेशमा पत्रकारहरूको हकहित संरक्षण र सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन सञ्चार प्रतिष्ठान गठन गरिने बताउनु भएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्रालय र विराट टाइम्स मिडिया प्रा.लि.द्वारा विराटनगरमा आयोजित तीन दिने मिडियामा एआईको प्रयोगसम्बन्धी क्ष्षमता अभिवृद्धि तालीमको आज समापनका अवसरमा उहाँले प्रतिष्ठान गठन पश्चात पत्रकारहरूको सहभागितामा नियमावली बनाइनेछ, जसले सञ्चार क्षेत्रलाई अझ बढी व्यावहारिक र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले प्रतिष्ठान गठनपछि श्रमजीवी पत्रकारहरूको हकहित र पत्रकारिताको संरक्षणका लागि संस्थागत रूपमै काम हुने स्पष्ट पार्नुभयो ।

 


मन्त्री पराजुलीले वर्तमान युग विज्ञान र प्रविधिको उच्चतम विकासको युग भएकोले समाज परिवर्तनमा यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।


एआई (कृत्रिम बुद्धिमत्ता) नयाँ प्रविधिसँगै साइबर अपराध, अनलाइन क्षेत्रका चुनौती र अनेकौं समस्याहरू थपिएको चर्चा गर्दै यसलाई रोकथाम गर्न आवश्यक दक्षता हासिल गर्नुपर्ने सुझाव दिनुभयो ।
खोजमूलक पत्रकारिताको विकास र प्रविधिको चुनौती सामना गर्न यस प्रकारको तालीमको आवश्यक्ता औंल्याउदै उहाँले तालिमले सहभागी पत्रकारहरूको व्यवसायिक र प्रविधिमैत्री क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।


सहभागीहरुले मिडिया क्षेत्रमा एआईको प्रयोग प्रविधिको उच्चतम उपयोग गर्दै पत्रकारिताको आधारभूत मूल्य, मान्यता र आचारसंहितालाई जोगाइराख्नु नै आजको मुख्य चुनौती र आवश्यकता भएको बताएका छन् ।
तालीममा मोरङ,सुनसरी,झापा, धनकुटा लगायतका जिल्लाका ५०जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।––-

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077