नेका मोरङ क्षेत्र नं ६ अधिवेशन झडप –मनोनयन प्रभावित

Logo
Nav Nepal बुधबार, आश्विन १४, २०८३

विराटनगर १४ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशन स्थलमा बुधबार झडप भएको छ ।
सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडपामा केही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल टिचिङ अस्पताल ल्याइएको छ ।
मनोनयन दर्ताका क्रममा विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
अहिले अधिवेशनस्थलको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनु भयो ।

प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयमा विवाद सुरु भई झडप भएको थियो ।


माइन्यूट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषयमा कुरा राखेपछि थप केही व्यक्तिहरू आएर तोडफोड गरेको बताइएको छ ।
घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेल लगायतलाई कुटपिट गरिएको छ ।
झडपका क्रममा कुर्र्सी तोडफोड भएपछि अधिवेशनको निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ ।
निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल देखिएको छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077