विराट मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने ः सभामुख बिष्ट

Logo
Nav Nepal बुधबार, आश्विन २८, २०८३

विराटनगर ,२२ असोज । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले विराट मेलाले यस क्षेत्रको आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने बताउनु भएको छ ।
विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवनमा आजदेखि असोज ३० गतेसम्म ‘चाडपर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने नाराका साथ विराट टेड फेयरको उद्घाटन गर्दै सभामुख विष्टले हालको सुस्त आर्थिक अवस्थामा यस्ता मेला(महोत्सवले बजारमा नगद प्रवाह बढाउन र व्यवसायी तथा उपभोक्ता दुवैमा उत्साह थप्न महत्वपूर्ण भूमिका खेल्ने दावी व्यक्त गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले आर्थिक मन्दीको प्रभाव कम गर्न स्थानीय तह र प्रदेश सरकारले पनि यस्ता मेलाको प्रवद्र्धनात्मक कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।


उहाँले व्यापारिक मेला तथा महोत्सवले स्थानीय व्यापार, उद्योग र समग्र प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

संघका अध्यक्ष प्रमोद जिन्दल लगायतले चाडपर्वको अवसरमा उपभोक्ताहरूलाई विशेष छुटमा विभिन्न दैनिक उपभोग्य सामानहरू उपलब्ध गराइनेछ भने अर्कोतिर उद्योगी(व्यवसायीहरूलाई आफ्ना उत्पादन तथा सेवाको प्रवद्र्धन गर्ने मेला माध्यम बन्ने बताउनु भयो ।
मेलामा भारत, पाकिस्तान, वंगलादेश लगायत स्थानीय घरायसी सामान, खाद्यान्न, लत्ताकपडा, अटोमोबाइल लगायतका विभिन्न स्टलहरू राखिने आयोजकले जनाएको छ।
मेला अवधिभर रु एक अर्वको कारोवार हुनुका साथै एक लाख उपभोक्ताले अवलोकन गर्ने विश्वास गरिएको मेलाका संयोजक भविष पौडेलले जानकारी दिनुभयो ।–
–

–
–

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077