प्रदेश प्रमुख खापुङ मुख्य न्यायाधिवक्ताको वर्षिक प्रतिवेदन ग्रहण

Logo
Nav Nepal शुक्रबार, आश्विन २३, २०८३

विराटनगर, २३ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले नवौं वार्षिक प्रतिवेदन आज वुझाएको छ।
प्रदेश प्रमुख खापुङलाई प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तिले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२ः८३ वार्षिक प्रतिवेदन एक समारोह वीच हस्तान्तरण गर्नु भयो ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै कार्यालयले लोकतन्त्रको सुदृढीकरण र कानूनी शासन लागु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ।
उहाँले कार्यालय प्रदेशमा कानुन निमार्णमा दिएको सुझाव एवं सल्लाह महत्वपूर्ण रहेको धारणा राख्नु भयो ।
प्रदेश प्रमुख खापुङले समुदाय र विद्यार्थीहरुलाई कानुनी सक्षरता गरेको कार्यको प्रशंसा गर्दै कारागार र प्रहरी हिरासतको अनुगमन गरी सुधारका लागि दिएको सुझाव कार्यान्वयन हुने विश्वास जनाउनु भयो ।
मुख्य न्यायाधिवक्ता बस्तिले प्रदेशमा कानुनी शासनको वलियो उपस्थिति जनाउदै आर्थिक वर्ष २०८२ः८३ मा १४५ वटा (६२ प्रतिशत ) मुद्दा फछर्र्याैट गरेको जानकारी दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077