विराटनगर, २३ असोज । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिजया दशमी, दिपावली , छठ लगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन विशेष सुरक्षा योजना लागु गरेको छ।
चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्षोउल्लास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा चाड पर्व मनाउने वातावरण सृजना गर्न प्रदेशभरी ८ हजार १३३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
चाडपर्वको समयमा यात्रुहरुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै यात्राका क्रममा आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न कोशी प्रदेशका १४ वटै जिल्ला स्थित रहेका बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानहरुका ७२ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
सीमानाकाहरुमा पटका जन्य बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा संकास्पद एरिया इलाकाहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको छ ।
मानिसको बढी भिडभाड हुने स्थान, चोक बजारहरुमा ऋऋ त्ख् को निगरानी तथा आवश्यकता अनुसार ड्रोन क्यामेरा समेत परिचालन गरी निगरानी बढाई सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको छ ।
यात्रु सहायता कक्षमा आवश्यक सहयोग, सहजीकरण तथा सुरक्षा प्रदान गर्न, गुनासो सुनुवाइ गर्न र यात्राका क्रममा हुन सक्ने ठगी तथा अन्य समस्या गरिने छ ।–––