मुख्यमन्त्री कार्की -स्विस राजदुत भेटघाट

Logo
Nav Nepal मंगलबार, मंसिर ०९, २०८३

विराटनगर,८ मंसिर ।स्विस राजदूत डा. ड्यानियल म्युवली (Dr. Danielle Meuwly) र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ।
भेटघाटमा दुईपक्षीय हित, आपसी सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो। भेटघाटमा मुख्यमन्त्री कार्कीले स्विस सरकारले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका लागि गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो।

उहाँले आगामी दिनमा विपद् व्यवस्थापनका लागि सहकार्य गर्न आग्रह पनि गर्नुभयो। जलवायु परिवर्तनले देखापरेका समस्यालाई न्यूनीकरण गर्न सहकार्य गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। कोशी प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले गरिरहेका परियोजनाहरूलाई छिटो र छरितो ढंगले प्रदेश सरकारले अगाडि बढाइरहेको र प्रगति उत्साहजनक रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो। सो अवसरमा स्विस राजदूत डा. ड्यानियल म्युवली (Dr. Danielle Meuwly) ले प्रदेश सरकारको विकास र समृद्धिमा सहयोग गर्ने बताउँदै कार्यक्रमहरूको समीक्षा गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो।


भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर (Matthias Meier), कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला तथा मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी, प्रेस सल्लाहकार विक्रम लुइटेल लगायतको उपस्थिति रहेको थियो।—

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077