प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउन कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुँदै

Logo
Nav Nepal मंगलबार, मंसिर ०९, २०८३

विराटनगर । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुने भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा मंसिर १२ र १३ गते हुने सम्मेलनमा कोशी प्रदेश भरीका चार सय जना शिक्षकहरुको सहभागिता रहने छ । रातो बंगला फाउण्डेसनको आयोजना तथा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा हुने सम्मेलन प्रारम्भिक बाल शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ । सम्मेलनको उद्घाटन विराटनगरको होटल स्वागतममा हुनेछ भने बन्दसत्र विराटनगरकै एभरेष्ट कलेजमा हुने फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनकी कार्यकारी निर्देशक एलिना सुब्बाका अनुसार सम्मेलनमा प्रारम्भिक बाल शिक्षाको लागि भइरहेको अभ्यास र प्रभावकारीता तथा थप प्रभावकारी बनाउन चाल्ने कदमलगायतका विषयमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश, सामाजिक विकास मन्त्री गिता तिम्सिनाले गर्नुहुनेछ ।

सम्मेलनमा समूहगत छलफल, विषयगत प्रस्तुतीहरु हुनेछन् भने प्रमुख वक्ताको रुपमा फाउण्डेसनकी अध्यक्ष शान्ता दिक्षित रहनुहुनेछ । उहाँले ‘ब्यक्तिको समग्र विकासका लागि आधारभूत बुझाई’ भन्ने विषयमा प्रस्तुती दिनुहुनेछ ।

यस्तै फाण्डेसनका उपाध्यक्ष मिलन दिक्षितले ११ अत्यावश्यक बालकेन्द्रित सिकाईका विषयमा प्रस्तुति दिने कार्यकारी निर्देशक सुब्बाले बताउनुभयो ।
व्यवस्थापकीय भूमिका निर्वाह गरेको एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले सम्मेलनले शिक्षण सिकाईमा एकरुपता ल्याउन तथा प्रभावकारी सिकाईमा सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।

नीजि तथा सामुदायिक सबै विद्यालयका शिक्षकहरु एक ठाउँमा बसेर गरिने यो सम्मेलनले प्रारम्भिक बाल शिक्षाको विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ ।

विगत २४ वर्षदेखि शैक्षिक सुधारका लागि विभिन्न कार्य गर्दै आएको रातो बंगला फाउण्डेसनले यस्तै सम्मेलन सात वटै  प्रदेशमा गर्ने जनाएको छ ।

यस अघि हेटौडा र पोखरामा सम्मेलन गरिसेकेको फाउण्डेसनले कोशी प्रदेशमा सम्पन्न भएपछि अन्य प्रदेशमा पनि आयोजना गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077